काठमाडौं । प्रहरी अधिकारीहरुले कसरी कमाउ धन्दा चलाउँदा रहेछन् भन्ने उदाहरण कपन प्रहरी प्रभागका प्रमुख इन्स्पेक्टर कृष्णा वास्याल देखाएकी छिन् ।
इन्स्पेक्टर बस्यालले कपन एरियामा लागूऔषध प्रयोगकर्ताहरुलाई खोजी खोजी समातेर सो क्षेत्रमा संचालित सुधारगृहको आर्थिक प्रलोभनमा बुझाउने गरेको समाचार खोजतलासले पत्ता लगाएको छ ।
कपन क्षेत्रमा संचालित सोबर सोसाइटी रिहाविलिटेसनको संचालक हेम लिम्बुसँग सहकार्य गर्दै आर्थिक प्रभावमा परेर इन्स्पेक्टर बस्याले लागूऔषध प्रयोग कर्ताहरुलाई समात्दै विगतदेखि नै प्रहरीकै मोटरसाइकलमा राखेर सो रिहाविलिटेसनमा बुझाउँदै गरेको पाइएको छ ।
इन्स्पेक्टर बस्यालले लागू औषध प्रयोगकर्तालाई समातेर सो रिहाविलिटेसनमा बुझाई सुधारको नाममा लागुऔषध कारोबारीको परिवारसँग मोटो रकम असुली भागबण्डा गर्ने गरेको पनि स्रोतले दावी गरेको छ ।