बिरगंज । पर्साको जानकीटोला सीमावर्ती नाकाबाट अहिले तस्करी धन्दा मौलाएको छ । तस्करहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानीय प्रमुखहरूलाई मिलाएर तस्करी धन्दा चलाएका छन् । अहिले यो नाकाबाट भैसीको ठूलो तस्करी चलिरहेको छ। भारतीय नागरिक महादेव यादवलाई दुबै प्रहरीको सेटिङमा तस्करीको लाइन दिइएको स्थानीय सन्तोष यादवले जानकारी दिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्थानीय प्रमुखलाई मासिक ७० हजार र जिल्ला प्रहरी प्रमुखहरूलाई मासिक एक लाखको दरले रकम दिएपछि भारतीय नागरिक महादेव यादवले भैसीको तस्करीको लाइन पाएका हुन ।
नेपाल प्रहरीको स्थानीय चौकीका सई रवीन्द्र साह तुला र सशस्त्र प्रहरी बलको बिओपीमा सशस्त्र प्रहरी निरीक्षक सन्जय गोइत रहेका छन् । दुबै प्रहरीको सेटिङमा भैसीको ठूलो तस्करी हुने गरेको कुरा बाहिर आएपछि र स्थानीय जालिमुखिया समेतको टोलीले भैंसी तस्करीमा सहयोग गरेको कुरा बाहिरिए पछि केही स्थानीयले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल कहाँ रिपोर्टिङ गरेपछि अर्यालको आदेशमा सशस्त्र प्रहरीले बाध्य भएर ६१ वटा भैंसी पक्राउ गर्न बाध्य भएको थियो । तर उक्त भैंसी भन्सारबाट उनै भारतीय नागरिक महादेव यादवले नै लिलाम सकारी फेरि तस्करी गरेर गन्तव्यमा पठाउने काम पनि भयो र उक्त काममा स्थानीय दुबै प्रहरीका प्रमुखले साथ पनि दिए । अहिले पनि यो नाकाबाट दैनिक सय देखि डेढसय भैंसी उनै भारतीय नागरिक महादेव यादवको तस्करी हुदै आएको छ ।
पर्साको अलौ नाकाबाट पनि तस्करी भैरहेको छ। सो नाकाबाट केराउ, मरिच