18.5k
Shares
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।