वामदेवलाई राष्ट्रियसभा सदस्यमा नियुक्त असंवैधानिक भन्दै सर्वोच्चमा रिट निवेदन पेश

16.7k Shares

काठमाडौं । वामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा नियुक्त असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन्  ।
त्रिपाठीले आइतबार रिट निवेदन पेस गरे पनि दर्ता भने भइसकेको छैन । ‘‘हिजो निवेदन पेस गरेको छु । सम्भवतः आज औपचारिक रूपमा दर्ता होला,’’ उनले भने । सर्वोच्च अदालतले रिट निवेदनमा बलियो आधार नदेखे रिट दर्ता नगर्न पनि सक्छ । रिट दर्ता गरेमा भने निवेदकको माग दाबीमाथि सुनुवाइ हुनेछ । 
प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित सत्तारुढ दल नेकपाका नेता गौतम केही दिनअघि राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए । त्रिपाठीले सर्वोच्चमा दर्ताका लागि पेस गरेको निवेदनमा तत्काल राष्ट्रियसभा सदस्यका रूपमा काम नगर्न, नगराउन अन्तरिम आदेश माग गरिएको छ ।
उनको नियुक्तिका लागि मन्त्रिपरिषद्ले गरेको सिफारिस असंवैधानिक भएकाले खारेज हुनुपर्ने र राष्ट्रियसभामा चुनाव हारेकाहरूलाई लान थालिएको भन्दै कस्ता व्यक्तिलाई राष्ट्रियसभामा लैजान ‘गाइडलाइन’ जारी गरिदिन पनि निवेदनमा माग गरिएको त्रिपाठीले बताए ।
 

सम्बन्धित समाचार