विदेशी मुद्राको नेपाली विनिमय दर आज यसप्रकार रहेकोे छ !

18k Shares

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ५८ पैसा र बिक्री दर १३२ रूपैयाँ १८ पैसा तथा युरो एकको खरिद दर १३८ रूपैयाँ ११ पैसा र बिक्री दर १३८ रूपैयाँ ७४ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ १० पैसा र बिक्री दर १६० रूपैयाँ ८३ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १३९ रुपैयाँ ६७ पैसा र बिक्री दर १४० रुपैयाँ ३० पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ४२ पैसा र बिक्री दर ८८ रुपैयाँ ८२ पैसा रहेको छ ।

सम्बन्धित समाचार