काठमाडौं। विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य सुरु गरेको छ।
हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरीदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट पाइने भएको छ।
छुट अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफुल खरीद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम वा १ सय ५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।
स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी गर्दा छुट पाउने छन्।
यो अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया मो बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ।