काठमाडौं । ओस्कार अवार्डको एक नियमलाई द एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले पुनर्विचार गर्ने जनाएको छ ।
समयको बचत गर्न भन्दै गत वर्ष केही विधाको पुरस्कार वितरणको प्रत्यक्ष प्रसारणमा रोक लगाइएको थियो । तर यस वर्ष भने सबै २३ विधाको प्रत्यक्ष प्रसारण गरिने भएको छ ।
ओस्कार आयोजक संस्थाका कार्यकारी अधिकृत बिल क्रेमरले विज्ञप्ति जारी गर्दै सबै विधालाई प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेका छन् । गत वर्ष हटाइएका आठवटा विधालाई पनि समेटेर लाइभ गर्नेतर्फ पुनर्विचार भएको उनले जानकारी दिए ।
सन् २०२२ को ओस्कारमा ओरिजिनल स्कोर, मेकअप एण्ड हेयर स्टाइलिङ, डकुमेन्ट्री सट, फिल्म एडिटिङ, प्रोडक्सन डिजाइन, एनिमेटेड सट, लाइभ एक्सन सट, ध्वनिको विधाको पुरस्कार वितरणको प्रत्यक्ष प्रसारण गरिएको थिएन ।