विदेश तालिममा पनि यसरी शक्तिको दुरुपयोग

20.2k Shares

काठमाडौं अन्तरदेशीय अपराध नियन्त्रणका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले थाइल्याण्डको राजधानी बैंककमा यो साता वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धि एक तालिम गर्दैछ जसमा नेपाल प्रहरीबाट वन्यजन्तु अपराधको विषयमा शून्य ज्ञान भएका व्यक्तिलाई पठाइएको । प्रहरी प्रधान कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी दानबहादुर मल्ललाई सो तालिममा पठाएको विषयमा प्रहरी अधिकारीले आश्चर्य व्यक्त गरेका छन् मानव बेचबिखनसम्बन्धि ब्यूरोका अधिकारी कसरी वन्यजन्तुसम्बन्धि अपराध नियन्त्रणको गोष्ठिमा पुगे ? यसले प्रहरीमा कुन हदसम्म बेथिती भन्ने देखाएको ।केन्द्रीय अनुसन्धान ब्यूरोमा वन्यजन्तु अपराध नियन्त्रणमा वर्षाैदेखि काम गर्दै आएका अधिकृतहरूको छुट्टै पिलर नै डिएसपीको नेतृत्वमा यस्तो पिलरले अन्तरदेशीय अपराधको समेत विश्लेषण अनुसन्धान गर्दै आएको तर, विदेश तालिममा यो पिलरका प्रहरी स्वभाविक दाबेदार थिए यसबारे कहिल्यै अनुसन्धान नगरेका एसपी मल्ललाई पठाइएको अझ एसपी मल्ल एक समय गैंडाको खाग कारोबारीसँगको निकटताका कारण विवादमा आएका अधिकृत हुन् ।माओवादी अध्यक्ष प्रचण्डका पिएसओ बसेका आधारमा उनले सधैं फाइदा लिदै आएका छन् विदेश तालिममा पनि यसरी शक्तिको दुरुपयोग गर्न थालेको आरोप उनीमाथि लाग्न थालेको यसले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह तथा सिआइबीका एआइजी उत्तमराज सुवेदीमाथि समेत नैतिक प्रश्न उठेको

यो एउटा उदारण मात्र हो प्रहरीको विदेश तालिममा सधैं चलखेल हुँदै आएको सम्बन्धित क्षेत्रमा काम गरेका अधिकृतले विरलै अवसर पाउँछन् विदेश तालिममा उपयुक्त व्यक्ति चयन गर्ने भन्दा पनि विदेश घुम्ने अवसरका रुपमा पठाउने गरिएको सम्बन्धित क्षेत्रमा विज्ञता नभएका व्यक्ति यसरी अन्तर्राष्ट्रिय कार्यक्रममा जाँदा एकातर्फ नेपाल

सम्बन्धित समाचार