यूएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

19.1k Shares

काठमाडौं, २८ कार्तिक नेपालविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेल जित्न यूएईले २६४ रनको लक्ष्य दिएको

यूएईले निर्धारित ५० ओभरमा विकेट गुमाएर २६३ रन जोडेको हो यूएईका रोहन मुस्ताफाले सर्वाधिक ५३ रन जोडे मुहम्मद वासिमले ४४, भ्रित्या अरविन्दले ४० अलिसान सराफुले २९ रन जोडे ७५ रन जोड्दा पहिलो विकेट गुमाएको यूएईले तेस्रो विकेटका लागि ५२ चौथो विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो

नेपालका गुल्सन झाले तथा सोमपाल कामी दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए

नेपाल युवा कप्तान रोहित पौडेलको नेतृत्वमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागेपछि नेपाली क्रिकेट टोलीकाे नयाँ कप्तानको जिम्मेवारी रोहितलाई दिइएको हो

सम्बन्धित समाचार