17.7k
Shares
बुटवल-पाल्पाको रैनादेवी छहरा २, सोमादी सर्देवामा सोमबार भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।सोमादीको सर्देवास्थित सीजी कम्पनीभित्र एक ठाउँबाट अर्को ठाउँमा माटो लैजाने क्रममा भएको दुर्घटनामा रिब्दीकोट गाउँपालिका १, ख्याहाका २४ वर्षीय
शिरबहादुर पालुंगेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। सीजी कम्पनीको कम्पाउन्डभित्र लु १क ३१६१ नम्बरको माटो बोकेको टिपर अनियन्त्रित भएर पल्टिएको हो।