बुढीगण्डकी जलविद्युत आयोजनालाई पुरा गर्ने प्रतिबद्धता, गोरखालाई धुलोमुक्त बनाउँछु : प्रचण्ड

20.7k Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढीगण्डकी जलविद्युत आयोजनालाई पुरा गर्ने प्रतिबद्धता गरेका छन् ।
गोरखाको सहिद लखन गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूहरूलाई जिताएर पठाए आयोजना पुरा गर्ने बताए ।
गोरखालाई धुलो बनाउने उल्लेख गर्दै सडक पिच गरेरै छाड्ने बताए। उनले चितवनमा पनि आफूले धुलो बाटोलाई पिच गरिसकेको बताए ।
उनले मनकामना मन्दिर जाने सडकलाई कालोपत्रे गर्न आफूले प्राथमिकता राख्ने आश्वासन दिए ।
उनले आफूले देशको नेतृत्व सम्हाल्न सक्ने सम्भावना समेत रहेको बताए। विकासका लागि गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाईँ र प्रदेशसभा उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई मन्त्री बनाएर पठाउने प्रतिबद्धता दोहोर्‍याए ।

सम्बन्धित समाचार