सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

17.9k Shares

काठमाडौं, कात्तिक अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको । आईसीसीले २०२७ मा नेपाल बंगलादेशलाई संयुक्त रुपमा यू१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो

आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया थाइल्याण्ड, जिम्बावे नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो

जसअनुसार सन् २०२७ को यू१९ महिला विश्वकप नेपाल बंगलादेशमा हुने त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया थाइल्याण्यले आयोजना गर्ने छन्

यस्तै सन् २०२४ को यू१९ क्रिकेट विश्वकप श्रीलंकामा २०२६ को प्रतियोगिता जिम्बावे नामिबियामा आयोजना हुने आईसीसीले जनाएको । यू-१९ महिला विश्वकप आयोजनाको अधिकार पाएको नेपालको महिला टिमले अहिलेसम्म विश्वकप खेलेको छैन । सन् २०२३ को पहिलो संस्करणको यू-१९ महिला विश्वकप दक्षिण अफ्रिकामा आयोजना हुँदैछ उक्त विश्वकपको लागि नेपाललले एसियाली क्षेत्रको छनोट खेलेको थियो तर तेस्रो हुँदै छनोट हुन असफल भयो । नेपालको पुरुष सिनियर टिमले सन् २०१४ मा टी-२० विश्वकप खेलेका थिए यस्तै यू-१९ पुरुष टिमले पनि विश्वकपमा सहभागिता जनाइसकेको

सम्बन्धित समाचार