काठमाडौं । नौ दिनपछि मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षामा तैनाथ म्यादी प्रहरीले जाडोमा पनि एकसरो पातलो चुस्ताको कपडा मात्र लगाएर ड्युटी गर्न बाध्य छन् ।
काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा म्यादी प्रहरीको कपडाको ठेक्का पाएका राजीव बस्नेतले चुनाव आउन ९ दिन अघिसम्म पनि म्यादी प्रहरीलाई स्वीटर आपूर्ति गरेका छैनन् । जसका कारण जाडो र ठण्डीमा समेत पातलो चुस्ताका भरमा म्यादी प्रहरी ड्युटी गर्न बाध्य भएका छन् । बालुवाटारको दबाबमा बस्नेतले काठमाडौं उपत्यकाका तीन वटा जिल्लाका म्यादी प्रहरीको पोशाकको ठेक्का पाएकाले प्रहरीले उनलाई कात्तिक २५ सम्म स्वेटर नदिंदा समेत ताकेता समेत गर्न सकेको छैन ।
विना प्रतिस्पर्धा आइजीपी धिरजप्रताप सिंहले काठमाडौं उपत्यकाको म्यादी प्रहरीको पोशाकको ठेक्का बस्नेतलाई दिन तीनवटै प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । राजीव बस्नेत नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतका भाइ भएकाले उनलाई विनाप्रतिस्पर्धा ठेक्का दिइएको थियो । पहिलाका चुनावहरुमा प्रहरी प्रधान कार्यालयबाटै म्यादीका लागि ३ महिनाअघि टेण्डर गरी प्रतिस्पर्धाका आधारमा गुणस्तरीय कपडा खरिद हुने गरेको थियो । तर अहिले भने गृहमन्त्री र बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाका आसेपासेहरु मानिसले विनाप्रतिस्पर्धा म्यादी प्रहरीको पोशाकको ठेक्का पाएका छन् । जसका कारण कतिपय जिल्लामा म्यादी प्रहरीको अवधि ४० दिन पनि नटिक्ने कपडा समेत खरिद गर्न जिल्लाका हाकिमहरु बाध्य भएका छन् ।
काठमाडौं उपत्यका लगायतका पहाडी र हिमाली जिल्लामा कात्तिक सुरुदेखि नै जाडोका कारण ज्याकेट र स्वेटर लगाउनुपर्छ । तर काठमाडौं उपत्यकामा खटिने म्यादी प्रहरीले निर्वाचनको १० दिनअघि कात्तिक २५ गतेसम्म पनि स्वेटर लगाउन पाएका छैनन् ।
जाडोमा रातिसम्म