बसले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

19.2k Shares

कात्तिक, २१  हेटौंडा पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको सुनाचुरीमा बसले ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमैं मृत्यु भएको

काकरभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको बा५ख ७९४३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३००३ प४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मनहरी गाउँपालिका नयाँबस्तीका २९ बर्षीय अबिनास गोलेको मृत्यु भएको हो

बस चालक हेटौंडा-१९ नेवारपानीका ५१ वर्षीय मदनकुमार गोले प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको । मृतकको शब हेटौंडा अस्पतालमा राखिएको प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए

सम्बन्धित समाचार