देउवा डडेल्धुरा नपुग्दै कांग्रेसका दुई जिल्ला सभापति कर्ण मल्लतिर खुले

20.2k Shares

कैलाली, १७ कार्तिक कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आज डडेल्धुरा जाँदै छन् प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका देउवा निर्वाचन प्रचार प्रसारको क्रममा गृहजिल्ला जान लागेका हुन् उनी बुधबार धनगढी बास बसे

दिने कार्यक्रम लिएर डडेल्धुरा जान लागेका प्रधानमन्त्री जिल्ला नपुग्दै कांग्रेसका दुई पूर्वजिल्ला सभापतिले प्रधानमन्त्री विरुद्धको उम्मेदवारलाई समर्थन गरेका छन्

देउवाविरुद्ध मैदानमा रहेका नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्ण मल्ललाई यहाँका दुई पूर्वसभापति रामचन्द्र चटौत शेरबहादुर ढाटले समर्थन गरेका हुन् उनीहरूले प्रतिनिधिसभामा मल्ललाई प्रदेशसभामा डा. तारा जोशीलाई समर्थन गरेका छन्

प्रधानमन्त्रीविरुद्ध उम्मेदवारी दिएका मल्ल गठबन्धनविरुद्ध उम्मेदवारी दिएका नेकपा एसका जोशीबीच पनि डडेल्धुरामा तालमेल उनीहरू दुवैलाई दुई पूर्वसभापतिले समर्थन जनाएका हुन्

कांग्रेसका प्रभावशाी नेताको समर्थनपछि उत्साहित बनेको भन्दै बीपी कांग्रेसका सभापति मल्लले मंसिर लाई आन्दोलनको रूपमा लिएको बताए मल्लले शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसलाई प्रचण्ड कांग्रेसको संज्ञा दिँदै देशमा संस्थागत भ्रष्टाचारको मुहान नै देउवा निवास रहेको आरोपसमेत लगाए उनले देउवालाई वटा प्रश्न राख्दै ती प्रश्नमाथि छलफल गर्न आफू देउवासँग एउटै मन्चमा बस्न चाहेको तर देउवा भागी हिँडेको खुलाए प्रधानमन्त्री शक्तिको दुरुपयोग गर्दै आज निर्वाचन प्रचार प्रसारमा आइरहेको उनको आरोप

सम्बन्धित समाचार