मेस्सी, नेयमार र एमबाप्पेको गोलले पीएसजीको जित

15.8k Shares

लिग वानअन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले ट्रोयसमाथि ४–३ गोलको संघर्षपूर्ण जित हात पारेको छ । दुईपटक पछि परेको अवस्थालाई उल्ट्याउँदै पीएसजीले जित हात पारेको हो ।
पीएसजीलाई जित दिलाउने क्रममा कार्लोस सोलेर, लियोनेल मेस्सी, नेयमार र किलियान एमबाप्पेले १/१ गोल गरेका थिए । विपक्षी टोलीका लागि मामा बाल्डले दुई तथा एन्टी पालाभेर्साले एक गोल गरेका थिए ।
यससँगै लिगको शीर्षस्थानमा रहेको पीएसजीले १३ खेलबाट ३५ अंक हात पारेको छ । दोस्रो स्थानमा रहेको लेन्सको समान खेलबाट ३० अंक छ ।

सम्बन्धित समाचार