आज काग तिहार, कागका साथी रमेश दुलालले गरे रत्नपार्कमा काग सम्मेलन

17.6k Shares

काठमाडौं, ६ कात्तिक प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको आज काग सम्मेलन गरिएको

विगत १८ वर्षदेखि काग तिहारका अवसरमा राजधानीको रत्नपार्कस्थित शङ्खधर पार्कमा काग सम्मेलन आयोजना गर्दै आएका कलाकार रमेश दुलालले आजपनि कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए

दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरु उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल कागे ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारेका हुन्

दुलालले विगतका वर्षमा कागको स्वर निकालेर करीब ३०० जति कागलाई एकै ठाउँमा भेला पारिसकेका छन् यस वर्षको काग सम्मेलनमा भने कागको उल्लेख्य सहभागीता देखिएन्

दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ

काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ

सम्बन्धित समाचार