पहिचान खुल्ने परिचयपत्रका आधारमा मतदान गर्न पाईने

17.1k Shares

काठमाडौं, असोज ३१ मतदाता नामावलीमा नाम भएका कुनै पनि मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्रको आधारमा मतदान गर्न पाउने भएका छन् ।

मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता, सवारी चालक अनुमतिपत्र, लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले समानुुपातिकतर्फ उम्मेदवार बनेकाले जरिवाना रकम बुझाउने समयसीमा बढाएको छ। जरिवाना बुझाउन बाँकी रहेका समानुपातिक उम्मेदवारले आउँदो कात्तिक गतेसम्म बुझाउनसक्ने गरी आयोगले समयसीमा बढाएको हो ।

उक्त समयसीमाभित्र पनि जरिवाना नबुझाए कानुनबमोजिम बन्दसूचीबाट उम्मेदवारको नाम हटाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार