काठमाडाैं । नेपाली सेनाले आफ्ना ४१ जना अधिकृतको सरुवा गरेको छ । असोज २७ गते प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) दुई जना, सेनानी (मेजर) १७ जना, क्याप्टेन २१ जना र एक जना लप्टनको सरुवा गरिएको सेनाले जनाएको छ ।प्रमुख सेनानीहरूमध्ये गौरीबक्स गणका कुलचन्द्र श्रेष्ठलाई मध्य पृतना हेडक्वार्टरमा लगिएको छ भने गुरुबक्स गणका राजेन्द्र बोगटीलाई मध्य पश्चिम पृतना ेडक्वार्टरमा सरुवा गरिएको छ ।सेनानीहरूमध्ये अजयदल गणका विकास शाक्यलाई मध्य पश्चिम पृतना हेड क्वार्टरमा, सोही गणका गेलङ लामालाई मध्यपूूर्वी पृतना हेड क्वार्टरमा सरुवा गरिएको छ भने गौरीबक्स गणका पदमबहादुर खड्कालाई गौरीबक्स गुल्मको गुल्मपति बनाइएको छ ।
यस्तै महावीर गण (रेञ्जर) का सरोज नेपाललाई गुरुबक्स गुल्मको गुल्मपति, गुरुबक्स गणका शिवहरि विष्टलाई विशेष फौज बाहिनी, विकास तथा यान्त्रिक सेवा निर्देशनालयका नवराज थापालाई गुल्मपति बनाएर त्रिपुरादल गुल्ममा लगिएको छ ।सरुवा भएका अन्य सेनानीहरूमा गौरीबक्स गणका प्रेमबहादुर तामाङलाई मध्य पृतना हेडक्वार्टरमा, सैनिक परिवहन गणका विशाल शमशेर थापालाई कुमारी दलको गुल्मपति, अजयदल गणका प्रयोजन श्रेष्ठलाई अमरदल गुल्ममा गुल्मपति बनाइएको छ ।अजयदल गणका सेनानी चन्द्रबहादुर थापालाई अजयदल गुल्मको गुल्मपति, गौरीबक्स गणका दीपक थापालाई मध्य पृतना हेडक्वार्टर, गुरुबक्स गणका प्रकाश खड्कालाई सुदूरपश्चिम पृतना हेड क्वार्टरमा सरुवा गरिएको सेनाको पत्रमा उल्लेख छ ।सेनानी सुशीलकुमार राउतलाई गुरुबक्स गणबाट गरुडदल गणमा, हरिबहादुर श्रेष्ठलाई गौरीबक्स गणबाट सुदूरपश्चिम पृतना हेडक्वार्टरमा, मानबहादुर गुरुङलाई अजयदल गणबाट मध्यपूर्वी पृतना हेड क्वार्टरमा लगिएको छ । सेनानी निरञ्जन लामिछानेलाई गौरीबक्स गणबाट मध्यपश्चिम पृतना