ललितपुर । ललितपुर जिल्लाव्यापी खुल्ला फुटबल प्रतियोगिताको उपाधी गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँको चन्द्र भैरव युवा क्लवले हात पारेको छ ।

निकै प्रतिस्पर्धात्मक फाइनल खेलका चापागाउँको चन्द्र भैरव युवा क्लवले लेलेको ज्ञान कुण्ड युवा क्लवलाई टाइवेकरमा पराजित गरी विजयी भएको हो ।

फाइनलमा विजयी भएको चन्द्र भैरव युवा क्लवले नगद ५० हजार र उपविजेता ज्ञान कुण्ड युवा क्लवले २५ हजार र तृतीय जनचेतना युवा क्लवले १० हजार नगदसहित पुरस्कृत भएका छन् ।

जनचेतना युवा क्लवद्वारा आयोजित ललितपुर जिल्लाव्यापी फुटबल प्रतियोगिता विजयी खेलाडी तथा प्रतियोगिता संचालनका लागि योगदान पु¥याउनेहरुलाई सम्मान तथा टोकन अफ ल प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, विशेष अतिथिहरु उपमेयर मुना अधिकारी, नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीन कृष्ण महर्जन, गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष मिलन सिलवाल, वडा अध्यक्ष विष्णुमान महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, अतिथिहरु नेपाली कांग्रेस क्षेत्र नं. १ का कोषाध्यक्ष दिपक घिमिरे ‘समिर’लगायतले वितरण गरेका थिए ।

सो फुटबल कार्यक्रममा समाजसेवी, युवाहरुमाझ लोकप्रिय तथा ललितपुर जिल्लालाई खेलकुद मय बनाउन महत्वपूर्ण भूमिका निर्वाहा गरेका ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन सम्मानित बनेका थिए । महर्जनलाई प्रमुख अतिथि मेयर गजेन्द्र महर्जनले सम्मानित गरेका हुन् ।

