मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

18k Shares

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। 

दुर्घटनामा परेर गुल्मीदरबार गाउँपालिका वडानम्बर ३ निवासी २९ वर्षका अनिलराज घर्तीको मृत्यु भएको छ भने ३१ वर्षका यमबहादुर सूर्यवंशी घाइते भएका छन्। 

गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ को मोटरसाइकल अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। 

दुर्घटनामा घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पोखरेलले बताए।

सम्बन्धित समाचार