काठमाडौं । प्रेम पुर्ण प्रताप फाउण्डेशन नेपाल दोलखाको चौथो वार्षिक साधरणको उपलक्ष्यमा समाज, राष्ट्र र विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्नेहरुको उच्च मुल्यांकन गरी उनीहरुलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा विभिन्न विद्यामा रही समाज राष्ट्र र विभिन्न सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै थप हौसला र प्रेरणा प्रदान गर्ने उद्धेश्यले सम्मान पत्र, प्रसंशापत्रहरु पनि वितरण गरिएको थियो । यसै क्रममा गीतकार एवम् अधिकारकर्मी एवम् समाजसेवी जानकी बज्राचार्यलाई सामजिक सम्मान २०७९ द्वारा समान गएिको हो ।
यस्तै, जडीबुटीस्थित इन्द्रेणी व्याङ्क्वेटमा एक कार्यक्रम गरी फाउण्डेशनको चौथो सभा सम्पन्न गरिइएको हो । सभाबाट शान्तीदेवी श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत चयन गररिएको छ ।

फाउण्डेशनको उपाध्यक्षमा देवी गुरुङ, सचिवमा हिरा थामी, सह– सचिवमा संगीता गुरुङ र राखी थामी कोषाध्यक्षमा रहेका छन् । त्यस्तै सदस्यहरुमा सन्जु श्रेष्ठ,अर्पणा जिरेल, कल्पना गौतम रहेका छन् । फाउन्डेसनकी संस्थापक संरक्षक पद्माा प्रधानले कार्यक्रम सफल बनाउनका लागि अमेरिकामा रहेर पनि हातेमालो गर्दै सहयोग गर्नुभएको थियो ।
फाउन्डेसनकी उपाध्यक्ष शान्तीदेवी श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव लीलामणी पोख्रेल,नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कुन्दन राज काफ्ले, पोलिट ब्युरो सदस्य गङ्गा कार्की, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सदस्य नविन जिरेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका दोलखाको नेता सङ्कर लामा, संस्थाका प्रमुख राजनैतिक दलका प्रतिनिधि, स्थानिय, विभिन्न संघसस्थाका प्रतिनिधि लगायत सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।