किन गएनन् कोइराला समूहको खबरदारी सभामा धनराज गुरुङ ?

19.1k Shares

काठमाडौं, असोज नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफू निर्णय गर्ने ठाउँमा भएकाले संस्थापन इतर समूहको खबरदारी सभामा नगएको बताएका छन्

यस्ता भेला बैठक भइरहन्छन् पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका साथीहरु कहाँ कहाँ जाने, कहाँ कहाँ नजाने हामीलाई पनि ज्ञान होला समय, परिस्थिति हेरेर कथाले माग्यो भने जाने हो अहिले निर्णय गर्ने ठाउँमा छु सबैका लागि निर्णय गर्ने हो मैले सबैलाई न्यायोचित हुने कुरा गर्नुपर्छ सोही बमोजिमको व्यवहार देखाउनुपर्छ

नेता गुरुङले पार्टी उपसभापतिमा निर्वाचित हुने बित्तिकै शेरबहादुर देउवा सबै कांग्रेसको सभापति आफू सबै कांग्रेसको उपसभापति भनेको पनि स्मरण गरे तपाईं टिकट पाउने पक्का भएकाले भेलामा नजानुभएको हो भन्ने प्रश्नमा गुरुङले थपे, पार्टीको उपसभापति हुँ पार्टीको उपसभापति निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने कुरा नौलो कुरा हो, अनौठो नै हो टिकटका लागि भेलामा जान छाड्यो भन्दा अनर्थ लाग्छ डाक्टर साहेबको प्यानलबाट जितेको हुँ तर खबरदारी सभामा डाक्टर साहेब पनि जानुभएको थिएन नि

तपाई अवसरवादी नेताका रुपमा दर्ज हुनुभयो भन्ने आरोप नि भन्ने अर्को प्रश्नमा कांग्रेस उपसभापति गुरुङले भने, आफ्ना लागि होइन, पार्टी, देश जनताका लागि अवसर खोज्ने नेता हुँ अवसरवादी नेता भएको भए आधा दर्जनचोटि मन्त्री भइसक्थेँ

संस्थापन इतर समूहबाट समानुपातिक बन्दसूची नसच्चाए विद्रोह बहिष्कार धम्की आएको नि भन्ने प्रश्नमा उनले भने, गुरुराज घिमिरेजीले के भन्नुभयो भन्नेमा जान चाहन्नँ समानुपातिक बन्दसूचीमा छलफल बाँकी हेरफेर बाँकी नै असोज १० देखि १६ सम्म समय त्यसबारे अहिले

सम्बन्धित समाचार