18.8k
Shares
काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट लोकतान्त्रिक प्रणाली नै खतरामा परेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेय प्रमाणीकरण नगरेपछि पौडेलको यस्तो टिप्पणी आएको हो ।
“जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ,” पौडेलले ट्विटरमा लेखेका छन्, “बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिको प्रहार हो । म यसको भर्त्सना गर्दछु ।”