टुकुचा उत्खननको काम जारी, काठमाडौं महानगर भन्छ– हामीलाई लिखित आदेश आएको छैन

19.7k Shares

काठमाडौं, ३ असोज । काठमाडौं महानगरपालिकाले टुकुचा उत्खननको काम जारी राखेको छ । टुकुचामाथि बनेका संरचना नभत्काउन अदालतले आदेश दिए पनि महानगरले अभियान जारी राखेको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।

उनका अनुसार आज कमलादी–कमलपोखरी क्षेत्रमा उत्खनन् भइरहेको छ । कमलादीको लक्ष्मी बैंक उत्तरतर्फ बनेको भवन नजिकै उत्खनन् भइरहेको एसपी पाण्डेले बताए ।

महानगरले अवैध संरचना भत्काउँदै गर्दा टुकुचा अतिक्रमणमा परेको निवेदन महानगरमा पुगेको थियो । सोही निवेदनका आधारमा महानगरले टुकुचा खोज्ने योजना बनाएको थियो । अदालतको आदेशको महानगरले सम्मान गर्ने तर अहिलेसम्म कुनै लिखित आदेश नआएको महानगरले जनाएको छ ।

 

सम्बन्धित समाचार