बरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन

20.9k Shares

काठमाडौं, २ असोज वरिष्ठ पत्रकार देवेन्द्र गौतमको आज विहान देहान्त भएको गौतमको बी एण्ड बी अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको हो

नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक गौतमलाई न्युमोनिया देखएपछि आईसियुमा उपचार गरिंदै भेन्टिलेटरमा राख्नुपरेको थियो ।सम्पादक समाज नेपालका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघका का,वा, पूर्व सभापति ७७ वर्षीय गौतमलाई कोभिड संक्रमणबाट मुक्त भएपछि पनि श्वासप्रश्वासमा गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो 

पाँच दशक लामो सक्रिय स्वतन्त्र पत्रकारिता जीवनमा उनले सधैं प्रजातन्त्रका पक्षमा कलम चलाएका थिए पञ्चायत कालमा अभिब्यक्ति स्वतन्त्रताका पक्षमा उभिंदा गौतमबाट सम्पादन/ प्रकाशन हुने झण्डै एक दर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो

२०४२ को बम काण्डका बेला रामराजाप्रसाद सिंहको भाषण अंश छापेको निहुँमा महिना हनुमानढोकामा थुनिएको थियो त्यहीँको अनुभवमा गौतमले अनुसन्धानभित्रको अनुसन्धान पुस्तक लेखेका थिए । उनलाई नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको छ।

सम्बन्धित समाचार