काठमाडौं । नेपाली सेनाले
निर्माणको जिम्मा पाएको काठमाडौं–निजगढ द्रुतमार्ग फाष्ट ट्रयाकका आयोजना प्रमुख हुन् विकास पोखरेल । फाष्ट ट्रयाकमा
उनको नेतृत्व विवादमा पर्दै आएको छ ।
आयोजनाको विभिन्न खण्डको ठेक्का पाएको चिनियाँ कम्पनीसामु निरिह भएको भन्दै पोखरेलको
आलोचना हुँदै आएको छ ।
उनलाई जिम्मेवारीबाट हटाउन संसदीय समितिले निर्देशन समेत दिइसकेको छ । यसमा पोखरेलको
निरिहताले भूमिका खेलिरहेको छ । ठेक्का पाएको
एक वर्ष बितिसक्दा पनि
दुई चिनियाँ कम्पनीले कामलाई गति दिन सकेका
छैनन् । उनीहरुमाथि छनबिन
भई एकपटक निलम्बन समेत गरिएको थियो ।
फाष्ट
ट्रयाकमा परामर्शदाता चयनदेखि ठेकेदार कम्पनी छनोट प्रक्रिया विवादास्पद
बन्यो । जसको नतिजा
निर्माणमा ढिलाईले भोगिरहेको छ देशले ।
ठेकेदार कम्पनी चीनबाटै जनशक्ति ल्याउने र श्रम स्वीकृत
नलिने गरेको खुलेको थियो । निर्माणका क्रममा
लोडर पल्टेर तीन चिनियाँको मृत्यु
भएपछि धेरै कमीकमजोरी छताछुल्ल
भएको थियो । स्वदेशको जनशक्तिलाई
अवसर नदिई विदेशी जनशक्ति
भित्राउने गरी फाष्ट ट्रयाकमा
काम भइरहेको छ । बीमा समेत
नगर्ने र श्रमस्वीकृत पनि
नलिने गरेर कामदार ल्याएको
खुल्दा पोखरेलको गैरजिम्मेवारीपन खुलेको थियो ।
सुरुङ
र हाइब्रिज गरी प्याकेज १
मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी र प्याकेज २
मा पोलि च्याङ्दा कन्स्ट्रक्सन
कम्पनीले ठेक्का पाएका थिए । २०७८ को
बैशाखमा सेनाले ती कम्पनीसँग सम्झौता
गर्दा विवादमा परेको थियो । योजनावद्ध तरिकाले
प्रिक्वालिफिकेशनमा प्रतिष्पर्धीविहिन बनाएर यी दुई कम्पनीलाई
ठेक्का दिलाइएको थियो । संसदीय समितिले
यसबारे प्रश्न उठाएको थियो । तर, तत्कालीन
प्रधानसेनापति पूर्णचन्द्र थापाको बलमा तत्कालीन प्रधानमन्त्री
केपी शर्मा ओलीको साथ पाएर संसदको
निर्देशन लत्याइएको थियो ।
ठेकेदार
कम्पनीले निर्माणमा आवश्यक कतिपय सामाग्री भित्राउन सकिरहेको छैन । मोटो कमिशनमा
चिनियाँ कम्पनीलाई ठेक्का दिलाएर क्षणिक लाभ लिनेहरुले अहिले
राज्यलाई अरबौको नोक्शानी पु¥याइरहेको छर्लङ्ग
छ । यतिसम्मकी बुटवल
नारायणगढ सडक अलपत्र पार्ने
चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कम्पनीले नै प्याकेज १
को फाष्ट ट्रयाक ठेक्का पाउनुले उतिबेलै आशंका जन्माएको थियो । २१ अर्ब
६१ करोड रुपैयाँ लागतको
ठेक्कामा समयावधि र लागत बढाउने
खेलहरु अहिलेदेखि नै चलिसकेको छ । प्याकेज २
को ठेक्का २८ अर्ब ५३
करोडको छ । यसमा पनि
ठेक्का अवधि बढाउने र
लागत बढाउने खेल भएको छ ।
चिनियाँ
कम्पनीले पाएको ठेक्कामा बीमाबारे अझै अन्यौल छ । चिनियाँ कम्पनी
आफ्नै देशको कम्पनीमा बिमा गराउन खोजिरहेका
छन् । राष्ट्रिय बिमा
कम्पनीसँग बिमा गर्ने विषय
अगाडि बढेपनि आयोजना प्रमुख विकास पोखरेलको निरिहताले काम बढ्न सकेको
छैन । बिमामा पनि
ठूलै कमिशनको खेल खेल्न खोजिएको
छ । साँढे ३
वर्षभित्र प्याकेज १ र २
को निर्माण पूरा गर्ने गरी
सम्झौता भएकोमा डेढ वर्ष बितिसकेको
छ । अबको दुई
वर्षमा निर्माण पूरा हुने सम्भावना
देखिदैन । अर्कोतर्फ, थप
प्याकेजहरुको ठेक्का प्रक्रियामा समेत सुरुवाती मिलेमताको
प्रयास भएको छ ।
चिनियाँ
कम्पनीहरुले ठेक्का समयमा पूरा गर्ने त
परै जाओस् काम पनि नगरी
अलपत्र पार्ने विषयहरु उठिरहेका छन् । तर, आयोजना
प्रमुख सहायकरथी विकास पोखरेलको मिलेमतोले न त चिनियाँ
कम्पनीमाथि कारबाही भयो न त
ठेक्का नै रद्द भयो । हालैमात्र काठमाडौं
खानेपानी लिमिटेडको काम ढिलाई गर्ने
चिनियाँ कम्पनीको ठेक्का खोसेर कारबाही चलाइएको छ । तर, फाष्ट
ट्रयाकमा चिनियाँ कम्पनीले काम अलपत्र पार्ने
जान्दा जान्दै कारबाही गर्ने साहस आयोजना प्रमुख
विकास पोखरेलले देखाउन सकेनन् । बरु उनीमाथि
कारबाही गर्न संसदीय समितिले
सिफारिश गरेको छ ।