22k
Shares
काठमाडौं, भदौ २६ । नेकपा एकीकृत समाजवादी गुल्मीले रामकुमारी झाँक्रीको नाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ का लागि सर्वसम्मत रुपमा सिफारिस गरेको छ।
उक्त क्षेत्रमा नेकपा एमालेका गोकर्ण विष्ट यसअघि नै सिफारिस भएका छन्। केन्द्रमा सत्ता गठबन्धनले अन्तिम भागबन्डा टुङ्गाइरहँदा झाँक्रीले निर्वाचन तयारी गरिरहेकी छन्।
पूर्व शहरी विकासमन्त्री झाँक्रीले केही समयदेखि गुल्मीमै रहेर निर्वाचनको तयारी गरिरहेकी छन् ।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विष्टले जितेका थिए। उक्त क्षेत्रमा पुरानो साख कायमै राख्न विष्ट पनि सक्रिय रहेका छन् ।