पार्टीभित्र विद्रोह हुनसक्छ : कोइराला

20k Shares

काठमाडौं, २३ भदौ। सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीले आसन्न निर्वाचनका लागि गरेको गठबन्धन पवित्र वा अपवित्र भन्ने चुनावपछि थाहा हुने बताएका छन्

बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन गर्ने भनिए पनि चार दलसँग कांग्रेसको केही नमिल्ने बताए कांग्रेसले गर्न लागेको गठबन्धन विचित्र भएको उनको भनाइ

उनले सरकार बनाउन मात्र गठबन्धन गरिए त्यसले दीर्घकालमा सबैलाई समस्या पार्ने बताए यो पवित्र हो कि अपवित्र गठबन्धन हो, निर्वाचनपश्चात् मात्र थाहा हुन्छ आजै भन्न सक्ने अवस्था छैन अहिले तपाईंहरूले सोध्नुभयो भने पनि भन्न सक्दिनँ तर, गठबन्धनमा रहेका चार दलको सिद्धान्त विचार कांग्रेससँग मिल्दैन, उनले भने

उनले थपे, एमालेलाई परास्त गर्न भोलि सरकार बनाउन गठबन्धन गरेकै हो हामीले स्थानीय निर्वाचनमा गठबन्धनको निर्णय गर्ने अधिकार पालिकालाई दिएका थियौँ प्रदेश प्रतिनिधिसभा निर्वाचनका लागि केन्द्रीय समितिबाटै गठबन्धन गर्ने निर्णय भएको हो गठबन्धन गर्ने निर्णय लेख्दा हामीले कांग्रेसले एकल बहुमत ल्याउने सरकार बनाउने गरी गठबन्धन गर्ने भनी लेखेका छौँ

उनले कांग्रेसले बहुमत ल्याउन कम्तीमा १०० सिटमा चुनाव लड्नुपर्ने बताए त्योभन्दा सिट संख्या कम भए पार्टीभित्र विद्रोह सुरु हुने चेतावनी समेत उनले दिए

सम्बन्धित समाचार