भलिबल संघको अध्यक्षमा चन्द

17.4k Shares

काठमाडौं नेपाल भलिबल संघको बुधबार राति सम्पन्न निर्वाचनमा जितेन्द्रबहादुर चन्द अध्यक्ष पदमा निर्वाचित भएका छन्

संघको नवौँ चुनावी साधारणसभामा चन्दले प्रत्यासी निरोज मास्केलाई २६ मतले पराजित गरेका हुन् निर्वाचनमा १२८ मत खसेको थियो चन्दले ७६ मत प्राप्त गरे भने मास्केले ५० मत ल्याएकी थिइन्

२०४५ सालमा महाकाली अञ्चलबाट भलिबल खेल्न सुरु गरेका चन्द २०४८ सालमा काठमाडौं प्रवेश गरेका थिए त्यसपछि पनि उनले भलिबललाई निरन्तरता दिए २०६८ चैत ३० गते सम्पन्न पाँचौँ चुनावी साधारणसभाबाट चन्द भलिबल संघको महासचिव पदमा निर्वाचित भए ११ वर्ष महासचिव पदमा रहेर काम गरेका चन्द बुधबार अध्यक्ष पदमा निर्वाचित भएका हुन्

महासचिव पदमा चन्द प्यानलकै रोशन श्रेष्ठ निर्वाचित भए रोशनले ८५ मत प्राप्त गरे उनका प्रत्यासी मनवीर छन्त्यालले ३९ मत ल्याए कोषाध्यक्ष पदमा पनि चन्द प्यानलकै श्यामकृष्ण श्रेष्ठ ७८ मत ल्याएर विजयी भए उनका प्रतिद्वन्द्वी रिता कोइरालाले ४६ मत पाइन्

सात उपाध्यक्षमध्ये वाग्मती प्रदेशमा भएको निर्वाचनमा गौतमप्रसाद लासिवा विजयी भए लासिवाले ६४ मत पाउँदा उनको प्रतिद्वन्द्वी ज्योति केसीले ५९ मत प्राप्त गरिन्

बाँकी उपाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए निर्विरोध हुनेमा गण्डकीबाट यामबहादुर गुरुङ, मधेसबाट उपेन्द्र यादव, सुदूरपश्चिमबाट हर्कसिंह धामी, कर्णालीबाट भरतबहादुर शाह, प्रदेश एकबाट मदन खड्का लुम्बिनीबाट भीम ओली रहेका छन्

त्यस्तै, सात सविच पदमध्ये लुम्बिनी प्रदेशका लागि भएको चुनावमा झकबहादुर मिदुन विजयी भए मिदुनले ७३ मत ल्याए मिदुनका प्रत्यासी दीपक जीएमले ३७ प्राप्त गरे सचिवमै प्रदेश एकका लागि भएको निर्वाचनमा विनोद सुवेदी ६५ मतसहित

सम्बन्धित समाचार