खुलेयाम गाईगोरुको तस्करी

17.8k Shares

काठमाडौं, १९ भदौ नवलपरासीबाट झापा हुँदै भारततिर तस्करीले निरन्तरता पाएको छ। पूर्वी नेपालबाट भारततिर लैजाँदा दुईवटा मुलुकमा सहजै बिक्री गर्ने सकिने भएकाले तस्करी गर्नेहरूले पूर्वी नेपालका दक्षिणी नाका रोज्न थालेका छन्।

सीमावर्ती भारतीय बजारतर्फ गाईको तस्करीले निरन्तरता पाएपछि नेपालमा गाईगोरुको अभाव हुँदै गएको छ। गाईको दूध खानबेच्न वा गोरुलाई जोत्ने गाडा चलाउने कामका लागि नभई मासुका लागि चौपाया भारत बंगलादेशतर्फ अवैध निकासी हुन थालेको भन्सार कार्यालयका कर्मचारी बताउँछन्।

सरकारले गाई निकासीमा प्रतिबन्ध लगाए पनि थारा गाईलाई गोरुसँगै भारततर्फ लैजाने भारतीय व्यापारीले खरिद गरी दैनिक अवैध निकासी हुने गरेको राजविराजका अरुण तिवारीले बताए। भारतको उत्तर प्रदेश तथा बिहार राज्यले गाईगोरु ओसारपसार तथा वध गर्न प्रतिबन्ध लगाएको छ। खुला सीमाको फाइदा उठाउँदै भारततर्फ तस्करी गरिएको प्रतिबन्धित गाई प्रहरीले फाटफुट रूपमा बरामद गरे पनि ठूलो संख्यामा हुने निकासीतर्फ आँखा चिम्लिएको आरोप छ।

पछिल्लो समय सिन्धुली, रामेछाप, दोलखालगायतका जिल्लाबाट गाईगोरु तस्करी बढ्न थालेको । जिल्लाका विभिन्न ग्रामीण बस्तीबाट तस्करीको शृंखला बढ्दै जाँदा पनि स्थानीय प्रशासनले चासो नदेखाएपछि दिन प्रतिदिन यस्तो कार्यले तीव्रता पाएको हो । त्यसमध्ये पनि तस्करीको ट्रान्जिट प्वाईन्ट सिन्धुलीलाई बनाएर वार्षिक रुपमा ८० हजारको संख्यामा गाई तथा गोरुहरु तराईतर्फ निकासी भइरहेका छन् यससँगै ग्रामीण क्षेत्रमा गोरुको माध्यमबाट खेतीपाती गर्ने किसानहरु चिन्तित हुन थालेका छन् गाई दुहुनो भएसम्म पाल्ने। गोरु हलो तानेसम्म मात्र स्याहार्ने। नत्र सडकमा अलपत्र छाड्ने। यस्तो प्रवृत्ति बढेको विश्व हिन्दू एकता परिषद् कैलालीका अध्यक्ष लक्षीराम रिमालको ठम्याइ छ।राष्ट्रिय जनाबर भएको कारणले पनि गाईगोरु मार्न अवैध

सम्बन्धित समाचार