पोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाज आपत्कालीन अवतरण

19.5k Shares

काठमाडौं, १९ भदौ ।  पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज आपत्कालीन अवतरण गरिएको छ।

आइतबार बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको उक्त जहाजमा समस्या आएपछि उडेको ७ मिनेटपछि पुन: पोखरा विमानस्थलमै अवतरण गरिएको हो।

जहाजमा इण्डिकेशनमा समस्या आएपछि सोही विपोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाज आपत्कालीन अवतरणमानस्थलमा अवतरण गरिएको विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।

क्याप्टेनले सिंगल इन्जिनबाट जहाज अवतरण गराएको र इन्जिनियरहरुले चेकजाँच गरेपछि समस्याको पहिचान हुने चालिसेले बताए। उक्त जहाजमा १८ यात्रु सवार थिए। सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

सम्बन्धित समाचार