एमालेले आत्मसमीक्षा नगरेसम्म चुनावमा सहकार्य हुँदैन: प्रचण्ड

24k Shares

काठमाडौं, १७ भदौ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग तत्काल सहकार्य नहुने बताएका छन्

कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले  पत्रकार सम्मेलनमा बाेल्दै आगामी निर्वाचनमा एमालेसँग सहकार्य नहुने बताएका हुन्

उनले एमालेले विगतका काम कारबाहीहरुको आत्मसमीक्षा गर्नुपर्ने बताए उनले भने,एमालेसँग कतै सहकार्य हुने सम्भावना देखिएको छैन विगतका कामकारबाहीहरुको आत्मसमिक्षा नभई विघटन प्रतिगमनको कुरा स्पष्ट नभएसम्म त्यो सम्भावना देखा पर्दैन प्रचण्डले गठबन्धनको बाँकी काम आजदेखि गर्ने भोलिसम्म सीट बाँडफाटँ टुंग्याउने बताए

उनले थपे,संख्या मात्र टुंग्याउने भन्दा पनि कुन कुन क्षेत्र कुन कुन प्रदेश पाउने भनेर एकैचोटी टुंग्याउनको लागि हामीले हिजो रातिसम्म तयारी गरेका छौं भोलिसम्म सकिन्छ गठबन्धनभित्र कुनै असहमति छैन यसलाई अझ प्रभावकारी कसरी बनाउने भन्ने छलफल केन्द्रित संघमा टिकट मिलेन भने प्रदेशमा भोट ट्रान्सफर हुने वातावरण बनाउँदैछौं सन्तुलन मिलाएर जाने हो माओवादीले एक्लै जित्ने ठाउँमा पनि अरु पार्टीलाई समायोजन गरेर लैजाने उनले बताए

सम्बन्धित समाचार