उम्मेदवार सिफारिस गर्दा पैसा नउठाउन कांग्रेसको निर्देशन

19.7k Shares

काठमाडौं, १४ भदौ नेपाली कांग्रेसले आसन्न संघीय प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा पैसा नउठाउन निर्देशन दिएको

केन्द्रीय कार्यालयले सोमबार जिल्ला, क्षेत्र प्रदेश कार्य समितिलाई पत्राचार गर्दै पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको हो

विभिन्न पदीय जिम्मेवारी लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकम (लेबी) बाहेक उम्मेदवार सिफारिस गर्न कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम माग गर्नु/उठाउनु विधानविपरीत कार्य हुने भएकाले त्यस्तो नगर्नू/नगराउनू हुन निर्देशानुसार अनुरोध गरिन्छ, मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा लेखिएको

कतिपय ठाउँमा प्रतिनिधिसभा प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा रकम मागिएको जानकारी प्राप्त भएको भन्दै यसमा केन्द्रको गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले उल्लेख गरेको

सम्बन्धित समाचार