आज पनि घट्यो सुनको मूल्य

18.3k Shares

काठमाडौं , ३१ श्रावण । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यघटेको छ । सोमबार प्रतितोला ९७ हजार ४ सय रुपियाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ७ सय रुपियाँले घटेर ९६ हजार ७ सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रुपियाँ कायम भएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार आज चाँदी तोलामा १५ रुपियाँले घटेर प्रतितोला १२ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघका जनाएको छ।

सम्बन्धित समाचार