बज्रबाराचहीमा सञ्चालित ‘फुड बैंक’ निरन्तरतका लागि नेका युवा नेता नेम्वाङ र घिमिरेको सहयोग

16k Shares

ललितपुर । ललितपुरको दक्षिणी भेगका दैनिक मजदुर गरेर जिविकोपार्जन गर्ने, एकल महिला, विपन्न वर्ग, निमुखा, अशक्तलगायतलाई लक्षित गरी संचालन गरेको फुड बैंकले २० दिन पार गरेको छ ।
बज्रबाराहीको प्रांगणमा संचालिन ‘हुनेले दिएर जाउ, नहुनेले लिएर जाउ’ नाराका साथ संचालित ‘फुड बैंक’ प्रभावकारी बनेको छ । तरुण दल क्षेत्र नं. १ ले संचालन गरेको फुड बैंक कार्यक्रम प्रभावकारी भई जिल्लाको ठेचो, धापाखेल, लुभु, हरिसिद्धि, ललितपुर महानगरपालिकाका  विभिन्न वडाहरुमा यो कार्यक्रमले निरन्तरता पाएको छ ।
आज २० औं दिन नेपाली काँग्रेस खेलकुद बिभागका केन्द्रीय सदस्य पंकज नेम्वाङले ललितपुरको चापागाउँमा तरुण दलले सञ्चालन गरेको ‘फुड बैंक’ मा सोमबार(आज) भएको सम्पुर्ण खर्च व्यबस्थापन गरिदिएका छन् । अखिल नेपाल फुटबल संघ बरिष्ठ उपाध्यक्ष समेत रहेका नेम्वाङले सामाजिक काममा जुटेको र कोरोनाका प्रकोपका कारण दैनिक खानाखान समस्या परेकाहरुको चुलोको साथी बनेको भन्दै तरुण युवाहरुको प्रशंसा समेत गरेका थिए भने उक्त फुड बैंकलाई निरन्तरता दिनका लागि समन्वयको भूमिका निर्वाह गर्दै आइरहेका नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव तथा युवा नेता मीन कृष्ण महर्जनको खुलेरै प्रशंसा गरेका थिए । 
त्यस्तै, नेपाली कांग्रेसका युवा नेता एवम् उद्योगी होम प्रसाद घिमिरेले ‘फुड बैंक’को निरन्तरताका लागि १० बोरा चामल र १ बोरा दाल सहयोग गरेका छन् । त्यस्तै नेपाल ट्रेड युनियन राष्ट्रिय युवा संघ उपाध्यक्ष दुर्गा भण्डारीले पाँच हजार रुपैयाँ नगद र माक्स वितरण गरेका छन् ।
स्मरणीय रहोस्, सो ‘फुड बैंक’ राजनीतिक प्रतिसोधका कारण केही दिन बन्द भए पनि स्थानीयको आग्रहमा प्रशासनले बन्द गरे पनि सो बेला दैनिक मजदुर गरेर जिविकोपार्जन गर्ने, विपन्न वर्ग, सुत्केरी, असहायको पहिचान गरी घरघरमा राहत पु¥याउने कार्य गरेको सो कार्यक्रमका संयोजक अनिल श्रेष्ठले बताए ।

सम्बन्धित समाचार