सत्ता गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने काँग्रेसको औपचारिक निर्णय

16k Shares

काठमाडौं, २ साउन । नेपाली काँग्रेसले आगामी संसदीय चुनावमा सत्ता गठबन्धनका दलसँग औपचारिक तालमेल गर्ने निर्णय लिएको छ । सोमबार केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्दै काँग्रेसले चुनावी तालमेलबारे निर्णय लिएको जानकारी दिएको हो ।
सत्ता गठबन्धनमा काँग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । उनीहरुबीच चुनावी तालमेलमा जाँदा सिट बाँडफाँडबारे समेत छलफल बढिसकेको छ ।
काँग्रेसले निर्णयमा भनेको छ,‘केन्द्रीय समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ ।’ तालमेल गर्दा विभिन्न विषयमा साझा धारणा निर्माण गर्नुपर्नेमा जोड समेत दिएको छ ।

सम्बन्धित समाचार