आईजीपी विवाद मुद्दा : शुक्रबार जवाफी बहस हुँदै, आउला त फैसला ?

17.6k Shares

काठमाडौं, असार ३१ । नेपाल प्रहरीको आईजीपी विवाद मुद्दामा आज शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । शुक्रबार रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएपछि सर्वोच्चले शुक्रबार नै फैसला सुनाउन सक्नेछ । शुक्रबार फैसला नसुनाए अर्को दिनका लागि निसु तोक्नेछ । 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको छ । केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ चलिरहेको छ । आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए। सरकारले उनलाई छोडेर धीरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो ।

यसअघि १९ असारमा सर्वोच्चमा सिंहको पक्षमा बहस भएको थियो। सिंहको पक्षमा भएको सरकारको निर्णयको बचाउमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, रामनारायण विडारी, तुलसी भट्ट र अधिवक्ताहरू भिमार्जुन आचार्य, टिकाराम भट्टराई  र दीपेन्द्र झा लगायत १८ जनाले बहस गरेका थिए । त्यसपछि २६ असारमा पेसी तोकिएपनि सिंह पक्षका कानुन व्यवासायीको निवेदनपछि आज शुक्रबारका लागि सारिएको थियो ।

सम्बन्धित समाचार