नेपाल रेडक्रसलाई सहि बाटोमा ल्याउन जिल्ला र प्रदेशहरुले हस्तछेप गर्ने

18.1k Shares

काठमाडौ । नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखाहरुले सोसाइटीको केन्द्रमा भएको अस्तब्यस्तप्रती चिन्ता व्यक्त गर्दै परिआएमा हस्तक्षेप गर्ने बताएका छन् । नेपाल सरकारद्वारा गठन गरिएको नेत्र प्रसाद तिमिल्सिनाको कार्यसमितिको म्याद समाम्त भैसक्दा पनि विभिन्न कानुनी अड्चन ल्याएर नेपालको रेडक्रस अभियानलाई नै अस्तब्यस्त बनाएको आरोप जिल्लाहरुले लगाएको छन्  ।

आज नेपाल रेडक्रसका विभिन्न जिल्लाहरुले काठमाडौमा पत्रकार सम्मेलन गर्दै केन्द्रिय कार्यालयमा तोडफोड गर्ने, गैर रेडक्रसकर्मिलाइ प्रवेश गराइ कर्मचारी माथी हातपात गर्ने जस्ता कर्य पूर्व अध्यक्ष तिमिल्सिनाबाट भएकोमा उक्त कार्यको घोर निन्दा गरेको छन् ।

आफैलाइ स्वघोषित अध्यक्ष घोषणा गर्ने र होटेल रेष्टुरेन्टमा बैठक गर्ने, रेडक्रस को छाप प्रयोग गरि अबैधानिक निर्णयहरु प्रेषित गर्दै अन्यौल सृजना गर्ने कर्य तत्काल रोक्न समेत ६८ जिल्ला शाखा एव सतै प्रदेशहरुले प्रेस वक्तव्य मार्फत माग गरेका छन्  ।

सम्बन्धित समाचार