सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरो, एकको मृत्यु, २३ जना बेपत्ता

21.2k Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ७ मा गएराति पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता भएका छन् भने दुई जनाको उद्दार गरिएको छ ।
पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको प्रहरीले जनाएको छ । अहिले प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 
 

सम्बन्धित समाचार