काठमाडौ । पर्साका केही काराेवारीहरू सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई भेट्न काठमाडौ सम्म आए । गुनासोकाे सुनुवाइ नभएपछि सशस्त्र आइजिपी अर्याल कहाँ समेत आउनु परेको उनीहरूले बताए । सीमावर्ती क्षेत्रबाट भन्सार छलि गरेर सामान भित्र्याउनेहरूबाट सशस्त्र प्रहरीका घुमुवाहरूले मासिक रूपमा रकम लिएर लाइन दिने गरेको यो घटनाले पुष्टि गरेको छ । जेठ महिनाकाे एक गते तस्करीमा संलग्न काराेवारीहरूले दिनुपर्ने रकम तीन गते सम्म पनि नदिएपछि उक्त सामान समातिएको भन्दै काराेवारीहरू गुनासो गर्न सशस्त्र महानिरीक्षक अर्यालसम्म आएको बताए । उनीहरूकाे भनाइ थियो , कि रकम लिनुभएन , लिइ सकेपछि काम गर्न दिनुपर्याे , एक दुई दिन यताउता भैहाल्छ ।
जेठको एक गते दिनुपर्ने रकम नदिएको भन्दै सशस्त्रका घुमुवाहरूले सिमरा नजिक जेठको तीन गते राति साढे दुई बजेको समयमा डिब्बावाला ट्रक पक्राउ गरि भन्सार बुझाएका थिए । ट्रकमा बाहिर ड्रम राखेर भित्र सबै कपडा लाेड गरेको ट्रक सशस्त्रका घुमुवाहरूले पक्राउ गरेका थिए । भन्सारमा बुझाउदा ४० लाख सामान र २५ लाख ट्रकको गरि ६५ लाखको मूल्याङ्कन राखेर भन्सारमा बुझाएको साे कार्यालयले जनाएको छ । परवानीपुरमा राेकिइराखेकाे ट्रकलाई सामान लैजाने हो भन्दै साेध्न आएका व्यक्तिको बिश्वासमा पर्दा ड्राइभर समेत रहेका ट्रक साहु समेत आफैं फसे । खाली ड्रम बनेपा सम्म लैजाने हो भनेर उनीहरूले फसाएकाे ड्राइभर बताउँछन् । लाेड गर्न समय लाग्ला भनेर आफू आराम गरेको तर तस्करीको सामान हालेर आफुले भर्खरै किनेको ट्रक समेत सिद्वाइदिएकाे उनलेे गुनासो गरे । रकम लिएर पनि काम गर्न नदिएपछि र रकम पनि फिर्ता नगरेको भन्दै गुनासो गर्न आउनेमा अरू , शत्रुधन लगाएका छन् । शत्रुधनकाे पनि जितपुरबाट यसरी नै रकम दिन ढिला भएको भन्दै सशस्त्र प्रहरीका घुमुवाले कपडा लाेड भएको पिकअप भ्यान पक्राउ गरि भन्सार बुझाएका थिए ।