आर्सनलको उत्कृष्ट सुरुवात, फुलहमलाई ३–० गोलले हरायो

16.9k Shares

जेन्सी । प्रिमियर लिग फुटबलमा आर्सनलले उत्कृष्ट सुरुवात गरेको छ । आर्सनलले शनिबार भएको नयाँ सिजनको पहिलो खेलमा फुलहमलाई ३–० गोलले हराएको हो ।  फुलहमको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक–एक गोल गरे ।
खेलको नवौं मिनेटमा लाकाजेटको गोलबाट पाहुना टोलीले अग्रता बनाएको थियो । पहिलो हाफमा एक गोल गरेको आर्सनलले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । 
४९ औँ मिनेटमा ग्राबियलले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । डिफेन्डर ग्राबियलले आर्सनलका लागि डेब्यू खेलमै गोल गरेका हुन् । ५७ औं मिनेटमा कप्तान आबुमियाङले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए ।  यो सिजन मात्र आर्सनलमा आएको विलियनले तीन असिस्ट गरेका छन् । उनले तीनै गोलका लागि असिस्ट उपलब्ध गराएका थिए । उनी चेल्सीबाट आर्सनल आएका हुन् । 
जितसँगै आर्सनलले पहिलो खेलमै ३ अंक जोडेको छ । आर्सनल तालिकाको शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित समाचार