भक्तपुरमा एकै परिवारका तीन जना मृत फेला

17.9k Shares

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ निकोसेरामा एकै परिवारका तीन जना मृत फेला परेका छन्। मृत फेला पर्नेमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी छन् ।
शंकास्पद अवस्थामा उनीहरू तीनै जना मृत भेटिएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए ।
शवको प्रकृति हेर्दा केही दिन पहिला नै मृत्यु भइसकेको जस्तो देखिएको प्रहरीले जनाएको छ। घरको दोस्रो तलामा सम्झनाको र तेस्रो तलामा बाबु-छोराको शव भेटिएको प्रहरीले जनाएको छ ।
तीनै जना आ-आफ्नो खाटमा मृत भेटिएका हुन् । लाश कुहिन थालेर किरा पर्न थालेको एसएसपी थापाले जानकारी दिए।
अहिले घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली खटिएको छ ।

सम्बन्धित समाचार