मुगु, २३ जेठ । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका– २ स्थित जनजागृति प्राथमिक विद्यालयमा अध्यनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ । कक्षा ५ सम्म पढाई हुने विद्यालयमा दुई जना शिक्षकको दरबन्दी रहेको विद्यालयमा एक जना मात्र शिक्षकले अध्यापन गराइरहँदा विद्यार्थीले सहज रूपमा शिक्षा लिन पाएका छैनन् ।
शिक्षक नियमित नबस्ने भएकाले घोडा, चाैंरी, गोठालो पठाउनु परेको अभिवावक उगिर्न कामीले बताए । हिमाली बस्ती भएको कारण ६ महिना पढाई हुने गरेको विद्यालयले जनाएको छ । अहिले यार्सा संकलन गर्ने सिजन भएको हुँदा केही विद्यार्थी यार्सा संकलनमा गएको र शिरानिचौरमा गाउँपालिकासँग सहकार्य गरेर पढाउने गरेको जनजाग्रती प्राथामिक बिद्यालयका प्रधानध्यापक पासाङ लामाले बताए ।
अब आउँदा दिनहरूमा मुगु गाँउमा रहेको बिद्यालय र चितैमा रहेको बिद्यालयमा अध्यायन गर्ने वालबालिकाहरुको लागि भविष्य सुधारको लागि केही नयाँ स्वरुपले जनप्रतिनिधिहरूसँग सहकार्य गरेर जाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावलले जानकारी दिए ।