मीनकृष्णले पाए प्रदेश सान खेलकुद पदक

19k Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्ष करातेका पुर्ब अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले बागमती प्रदेश सान खेलकुद पदकबाट बिभुषित भएका छन् ।

२०४२ सालदेखि सितोरियो करातेमा आवद्ध  महर्जन सितोरियो करातेका ५ औं डान प्राप्त गरी सकेका खेलाडी हुन् । महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ दर्जन भन्दा स्वर्ण पदक हासिल गरी सफल खेलाडीको परिचय दिइसकेका खेलाडी हुन्  ।

१९९८ मा नेपालमा भएको आठौ साफ गेममा करातेको सफलतापूर्वक कोचको भूमिका निर्वाह गरेका थिए । त्यतिबेला महर्जनको कोच पाएका खेलाडीहरुलो राम्रो खेल प्रस्तुत गरी करातेतर्फ १४ वटा स्वर्ण पदक ल्याई नेपाललाई साउथ एसियामा दोस्रो स्थान ल्याउन सफल भई इतिहास रचेको थियो । 

कुनै एक समय खेलकुद नै मीनकृष्णमय थियो । महर्जनको खेलकुदमा नामै काफी थियो । महर्जन खेलकुद जगतका हस्तिका रुपमा परिचित छन् । महर्जन वैदेशिक प्रशिक्षण तथा गेमको क्रममा बेलायत, जापान, फ्रान्स, जर्मन, बेल्जिएम, कोरिया, मलेसिया, सिंगापुर, चाईना, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, भारतलगायत थुप्रै मुलुकमा सहभागी भई सकेका खेलाडी हुन् । अहिले नाम चलेका कराते खेलाडीहरु उनै मीनकृष्ण महर्जनले उत्पादन गरेका खेलाडीहरु हुन् ।


सम्बन्धित समाचार