१५ जनाको शव भेटियो, तीन शव जहाजले किचिएकाे अवस्थामा

18.6k Shares

काठमाडौं, १६ जेठ । दुर्घटनामा परेको तारा एयरमा सवार १५ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार अन्य तीनवटा शव जहाजको ठूलो भागले किचिएकाे अवस्थामा देखिएको छ । जसलाई निकाल्न सकिएको छैन ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए । अन्यको खोजी भइरहेको छ ।

जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको हो । शव संकलन गरेर काठमाडौं ल्याइने बताइएको छ । 

सम्बन्धित समाचार