ललितपुरबाट पेस्तोलसहित २ जना पक्राउ

16.3k Shares

काठमाडौँ, १२ जेठ । ललितपुरको बालकुमारीबाट पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ का २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय बीरबहादुर बमजन रहेका छन् । 

उनीहरुको साथबाट मेड इन यूएएस लेखेको पेस्तोल एउटा, २ थान म्यागजिन र ४ राउण्ड गोली बरामद भएको ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए । बिहीबार दिउँसो उनीहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरेको एसपी शाहले बताए ।

सम्बन्धित समाचार