सुनको भाउ बढ्दा चाँदीकाे स्थिर

18.8k Shares

काठमाडौ,  २ साउन । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला ३०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको छ।  चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

सम्बन्धित समाचार