सिंहले पछि पारिन् स्थापितलाई, बालेनकाे अग्रता कायमै

14.7k Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितलाई कांग्रेसकी सिर्जना सिंहले पछि पारेकी छन् । पछिल्लो मतपरिणाम अनुसार स्थापितभन्दा सिंह २०४ मतले अगाडि छिन् ।
नेवार समुदाय बाहुल्य रहेको क्षेत्रको मतगणना हुँदा सिंहले स्थापितलाई पछि पारेकी हुन् । सिंहले २० हजार ५२० र स्थापितले २० हजार ३१६ मत पाएकी छन् । अग्रस्थानमा रहेका स्वतन्त्र उमेदवार बालेन शाहले ३७ हजार ६१ मत पाएका छन् ।

सम्बन्धित समाचार