ललितपुर । उपत्यकाकै ठूलो नगरपालिकाको रुपमा रहेको ललितपुरको गोदावरी नगरपालिका गत वैशाख ३० गतेको स्थानीय निर्वाचनमा मेयर, उपमेयरसहित अधिकांश वडामा कांग्रेसका उम्मेदवारहरुले अत्यधिक मतले विजयी भई इतिहास कायम गर्दै कांग्रेसमय भएको छ ।
गोदावरी नगरपालिकाका अधिकांश वडाहरुमा कांग्रेसका उम्मेदवार विजय गराउन पार्टीले कमाण्डरको रुपमा खटाएका प्रभावशाली नेता मीन कृष्ण महर्जनको महत्वपूर्ण भूमिका रहेका कारणले पनि गोदावरी नगरपालिका कांग्रेसमय भएको नेपाली कांग्रेभित्र चर्चा चलेको छ ।
कांग्रेसका मेयर, उपमेयरसहित अधिकांश वडाका विजयी भएपछि गोदावरी नगरपालिकामा कांग्रेसका नेता, कार्यकार्ता तथा स्थानीयबासीहरु खुसियाली मनाई रहेका छन् । गोदावरी नगरपालिकालाई कांग्रेसमय बनाउन महत्वपूर्ण भूमिका खेलेका नेपाली कांग्रेस प्रभावशाली लोकप्रिय नेता एबम् गोदावरी नगरपालिका चुनावी कमान्डर मीनकृष्ण महर्जनलाई कांगैसका शिर्ष नेतादेखि लिएर देशैभरिका कांग्रेसका शुभचिन्तकहरुको बधाईको ओहिरो लागेको छ । नेता महर्जनलाई प्रधानमन्त्री एबम् नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, बिश्व प्रकाश शर्मा, प्रवक्ता डाक्टर प्रकाश शरण महतलगाएत थुप्रै केन्द्रीयस्तरका नेताहरुले बधाई तथा धन्यवाद ब्यक्त गरेका छन् । चुनावी कमान्डर महर्जन कार्यकर्ता परिचालन गर्न र कार्यकर्ताहरुको मनोबल बढाउन माहिर नेताको रुपमा परिचित छन् ।
महर्जन गोदावरी नगरपालिकाभित्र रहेको १४ वटै वडामा गएर भाषण गर्नेदेखि लिएर रातदिन नभनी कार्यकर्ता भेटघाट र गोदावरी नगरबासीहरुसँग भेटघटमा व्यस्त रहेका थिए । सोही कारणले पनि गोदावरीको मेयर, उपमेयरलगायत १४ वटा वडा मध्य ११ वटा नेपाली कांग्रेसले जित हात पार्ने सफल भएको हो । नेता महर्जनले तरुण दल, ने.बि. संघ, महिला संघ, खेलाडीहरु शिक्षक संघ, बुद्धिजिवीलगायत अन्य संघसंस्था क्लबका केटाहरु ब्यापक परिचालन गरेका थिए । महर्जनको उक्त कार्य देखेर विपक्ष दलका नेताहरुले समेत नेता महर्जनको प्रशंसा गर्ने गर्छन् । नेता महर्जनको गोदावरी नगर मात्र नभई ललितपुर जिल्ला भरी नै प्रभाव छ । नेता महर्जनले पार्टीले आयोजना गरेको २०४६ सालको जन आन्दोलनदेखि २०६२÷६३ सालको लोकतान्त्रिक आन्दोलनलगायतका थुप्रै आन्दोलनको नेतृत्व गरिसकेका नेता हुन् । महर्जन अनुभवी सहासी एबम् एक्सन ओरिएन्टेड नेताको रुपमा परिचित छन् ।